उपत्यकामा निषेधाज्ञा थपिएसँगै आवतजावतमा पनि थप कडाइ



काठमाडौँ ।  उपत्यकामा निषेधाज्ञा थपिएसँगै आवतजावतमा पनि थप कडाइ गरिएको छ । अनावश्यक रूपमा बाहिर ननिस्कन र अत्यावश्यक कामका लागि बाहिर निस्कन परेमा स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्न सरकारले आग्रह गरेको छ ।

खाद्यान्न लगायतका अत्यावश्यक सामग्री खरिदका लागि बिहान ९ बजेसम्म मात्र किनमेल गर्न सकिने समय तोकिएको छ ।


अनावश्यक सवारी साधन चलाउनेहरूलाई होल्ड गरी कारबाही गरिने प्रहरीले जनाएको छ । अत्यावश्यक सवारी साधनका साथै कार्यालय जानै पर्ने कर्मचारी तथा सञ्चारकर्मीलाई परिचय-पत्रको आधारमा आउजाउ गर्न दिइएको छ ।

गत वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा आजसम्म ५४ जिल्लामा पुगेको छ । त्यसमध्ये केही जिल्लामा आंशिक र कतिपयमा पूर्ण आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ ।
यसैबिच, दोलखामा पनि आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । अत्यावश्यक सामग्री बोकेको ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधनमा पूर्ण रूपमा रोक लगाइएको छ । मुख्य ८ वटा बजार क्षेत्रका बजार पसल बिहान ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि