पाँचतारा साकोस एक साताका लागि बन्द,सदस्यलाई यसरी दिने छ सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पाँचतारा साकोस एक साताका लागि बन्द,सदस्यलाई यसरी दिने छ सेवा



काठमाडाै । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यालय एक सातका लागि पूर्ण रुपमा बन्द गरेको गरेकोछ ।


संस्थाले सूचना जारी गर्दै कोरोना भाइरसको दोश्रो लहर बढ्दै जाँदा सदस्य र संस्थामा कार्यरत कर्मचारी स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै कार्यालय एक साताका लागि बन्द गरेको संस्थाका अध्यक्ष भोला नाथ पाठकले जनाएका छन् ।

भीडभाड नगर्नाले र स्वास्थ्य मापदण्डका सुझाव पालना गर्नाले कोरोनालाई धेरै हदसमम नियन्त्रण गर्न सकिन्छ भन्ने विज्ञहरुको सुझाव र सरकारको निर्देशनलाई पालना गरी एक साता अवधिका लागि कार्यालय बन्द गरेको सूचनामा अध्यक्ष पाठकले जनाएका छन् ।

जुनसुकै अवस्थामा पनि सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्ने उद्देश्यले संस्थाले एटिएम, पाँचतारा मोबाइल एप तथा भुक्तानी र बचतका प्रविधिमा आधारित सदस्य सेवाका विभिन्न माध्यम प्रयोगमा ल्याएकाले त्यसबाट सेवा लिन सूचनामा अनुरोध गरिएको छ ।

विषम परिस्थितिमा पनि सदस्यको हितलाई ध्यानमा राख्दै आकस्मिक ऋण प्रवाह र वित्तीय सेवालाई सदाझैं निरन्तरता दिने जनाइएको छ ।

अत्यावश्यक अवस्थामा संस्थाका कोषाध्यक्ष कुमार बिमली र व्यवस्थापक राधा कडरियालाई सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित : २३ बैशाख २०७८, बिहीबार १३:५२