अक्सिजन लगायत अत्यावश्यकीय सामाग्रीको सहज आपूर्तिका लागि महासङ्घ, परिसंघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त अपिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

अक्सिजन लगायत अत्यावश्यकीय सामाग्रीको सहज आपूर्तिका लागि महासङ्घ, परिसंघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त अपिल



काठमाडाै । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले कोरोना महामारीका बेला अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धताका लागि अपिल गरेका छन् ।
कोभिड १९ को उपचारमा महत्वपूर्ण तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगहरूलाई आफू संग मौज्दात रहेको सिलिन्डर यथाशीघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन तीन वटै चेम्बर संस्थाले अपिल गरेका छन् ।


बिहीबार एक विज्ञप्ति जारी गर्दै तीन वटै संस्थाहरूले किल्लै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासङै सामाजिक एवं आर्थिक समस्यासङ मुलुक जुधिरहेको जनाएका छन् । 
कोभिड १९ को दोस्रो लहरसङै सङ्क्रमित र यसबाट मृत्यु हुनेको सङ्ख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेको छ । अस्पतालहरू भरिँदै गएका छन् भने विशेषसरि सङ्क्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको छ ।
सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरूलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि संस्थाहरूले अपिल गरेका छन् । यस परिस्थितिमा आम उपभोक्ताहरूलाई पनि आफ्नो जस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित नगरि दिन आग्रह गरेका तीन संस्थाले अन्य व्यवसायीहरूसँग रहेका सिलिन्डर पनि स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने गरी सम्बन्धित निकायमा उपलब्ध गराइदिन अनुरोध गरेका छन् ।
यसै गरी अत्यावश्यक खाद्य सामाग्रीको सञ्चित र त्यसमा मुल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासोप्रति तीन वटै संस्थाले ध्यानाकर्षण भएको बताएका छन् । “महामारीको विषम परिस्थितिमा कुनै पनि प्रकारको सं चिति र मूल्य वृद्धि नगर्न हामी निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू सम्बद्ध सबै व्यवसायीहरूमा अपिल गर्दछौ । अहिलेको अवस्थामा ठुला उद्योगी एवं वितरकहरूले पनि समग्र वितरण प्रणालीमा अनावश्यक मूल्यवृद्धि हुन नदिन आवश्यक अनुगमन गर्न पनि आव्हान गर्दछौ । साथै आम उपभोक्ता वर्गमा सामानको मौज्दात रहेको जानकारी गराउँदै अनावश्यक सं चिति नगरिदिन हुन पनि अनुरोध गर्दछौ” विज्ञप्तिमा भनिएको छ ।
यसै गरी केही निजी अस्पतालहरूले विषम परिस्थितिमा चर्को शुल्क लिइ उपचार गरिरहेको भन्ने समाचार तर्फ पनि ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । बिरामीहरुको जीवन रक्षालाई मुख्य उद्देश्य राखेर खुलेका अस्पतालहरू मुलुक सङ्कटमा रहेको र स्वास्थ्य सेवा जटिल बन्दै गएको अवस्थामा अनावश्यक नाफा आर्जन गर्ने तर्पm लाग्न नहुने तीन संस्थाले बताएका छन् ।
निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू जिम्मेवार व्यवसायमा विश्वास गर्ने बताउँदै संयुक्त विज्ञप्तिमा बजारमा हुने कुनै पनि प्रकारको अनैतिक गतिविधिको निन्दा भर्त्सना र विरोध गरिएको छ । चरम सङ्कटका बेला जिम्मेवार व्यवसाय प्रवर्द्धन गर्न एवं गैर प्रतिस्पर्धात्मक र अनैतिक व्यवसायमा संलग्नमाथि कारबाही गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श सरकारको साथमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २३ बैशाख २०७८, बिहीबार १८:०२