संक्रमण भयावह हुने संकेत



सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणदर तीव्र गतिमा फैलने र यसले भयावह रुप लिने संकेत देखिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको संक्रमण तीव्र देखिएपछि कामको सिलसिलामा भारतमा गएका सुदूरपश्चिमवाली अहिले धमाधम घर फर्किरहेका छन् । भारतबाट फर्केका उनीहरु बिना चेकजाँज सीधै आआफ्नो घर गइरहेका छन् ।

उनीहरुको व्यवस्थापनको लागि स्थानीय तहहरुले खासै ध्यान दिएको देखिदैन । भारतबाट आएका व्यक्तिहरु होम क्वारेन्टाइनमा नै बस्नुपर्ने भनिएकाले उनीहरु आआफ्नै घरमा बस्न लागेका हुन् । तर, घरमा छुट्टै बस्नुपर्ने भनिए पनि सुदूरपश्चिमका ग्रामीण भेगका घरमा एक वा दुई कोठा मात्रै हुने भएकाले सबै सँगै बस्नुपर्ने बाध्यता हुन्छ ।

ट्वाइलेट र धारा समेत संयुक्त प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले भारतबाट आएका व्यक्तिलाई कोरोना भाइरस देखिए सबै परिवारलाई सजिलै संक्रमण हुने देखिन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

#कोरोना

 

 

प्रतिक्रिया दिनुहोस
करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडाैै । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स

ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको

वर्गिकरणको लागि आवश्यक विवरण बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको ताकेता

काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक

प्रकाशित मिति २०७८ असार १ देखि