शुक्रपथ बहुउद्देश्यीय सहकारीले निषेधज्ञा सेवा दिन केन्द्र तोक्यो,एप्स प्रयोगमा जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

शुक्रपथ बहुउद्देश्यीय सहकारीले निषेधज्ञा सेवा दिन केन्द्र तोक्यो,एप्स प्रयोगमा जोड



काठमाडाैँ । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थालेआफ्ना सेवा केन्द्र मार्फत छुट्टा छुट्टै बार सेवा दिने भएको छ ।

कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञासँगै सहकारीले कार्यालय खोल्ने समय पनि घटाएको छ ।

कोभिडका कारण केन्द्रिय कार्यलयबाट ३६५ दिन नै सेवा सञ्चालन गरेको संस्थाका संचालक तथा सूचना अधिकारी अर्जुन बिश्वकर्माले जानकारी दिए । सदस्यलाई अति आवश्यक परेको खन्डमा संस्थाकाले तोकेका व्यक्तीलाई सम्पर्क गर्न भनेको छ ।

अति आवश्यक देखिए घर दैलो सेवा समेत सञ्चालन गर्न संस्था तयारी अवस्थामा रहेको विश्वकर्माले जानकारी दिए ।

सदस्यहरुलाई सुरक्षित कारोबारका लागि शुक्रपथ एप्सको प्रयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार ११:२१