दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्च अदालतको आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्च अदालतको आदेश



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो आदेश दिएको हो ।

कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका दीप बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार १६:५३