१० करोड कित्ता सेयर डिम्याटमा दर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१० करोड कित्ता सेयर डिम्याटमा दर्ता



काठमाडौं। जलविद्युत तथा विकास कम्पनी (एचआईडिसीएल) को १० करोड कित्ता सेयर धितोपत्र अभौतिकीकरण (डिम्याट) का लागि दर्ता हुने भएको छ । कम्पनीको १०० रुपैंया अंकित दरका १० करोड कित्ता सेयर डिम्याटका लागि दर्ता गर्ने सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र कम्पनीबीच मंगलबार सम्झौता भएको छ ।

सम्झौतामा सिडिएसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता र धितोपत्र अभौतिकीकरणका लागि दर्ता गर्ने कम्पनी जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले गरेका छन् ।

त्यस्तै मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १०० रुपैंया अंकित दरका २० लाख कित्ता सेयर धितोपत्र अभौतिकीकरणका लागि दर्ता गर्ने सम्झौता पनि असार ५ गते आइतबार नै भएको सिडीएसले जनाएको छ ।

सो सम्झौतामा सडिएसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गुप्ता र मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले हस्ताक्षर गरेका थिए ।

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड र मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड सहित हालसम्म धितोपत्र अभौतिकीकरणका लागि दर्ता गर्ने कम्पनीको संख्या २०१ (दुई सय एक) पुगेको छ ।

प्रकाशित : ७ असार २०७३, मंगलवार १५:३२