पञ्चशील बहुउद्देश्यीय सहकारीको कारोबार अब आफ्नै भवनबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

पञ्चशील बहुउद्देश्यीय सहकारीको कारोबार अब आफ्नै भवनबाट



ललितपुर । ललितपुरमा मुख्य कार्यलय रेहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाले शनिवार संस्थाको नयाँ भवन उद्धघाटन गरेको छ । संस्थाको सम्पूर्ण कारोबार आइतबारदेखि आफ्नै भवनबाट शुरु गर्ने जानकारी दिएको छ ।

ललितपुर (१९, पुर्णचण्डीमार्ग ) कुमारीपाटी स्थित नवनिर्मित सुविधा सम्पन्न भवनको आज (शनिबार) सीमित व्यक्तिको उपस्थितीमा सेवा शुभारम्भ कार्यक्रम गरिएको संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले बताएका छन् ।

वैशाख २६ गते आइतबारदेखि संस्थाको सम्पूर्ण कारोबार नयाँ भवनबाट संचालन हुने अध्यक्ष खतिवडाको भनाई छ । संस्थाको आफ्नै भवनमा रहेको एटीएम बुथबाट सेवाको सुरुवात गरिएको जनाइएको छ ।

संस्थाले रेमिट्यान्स, पञ्चशील स्मार्ट बैंकिङ्ग, एस.एम.एस. बैकिङ्ग तथा बैंक ट्रान्सफर लगायतका सेवा दिने अध्यक्ष खतिवडाले बताए ।पञ्चशीलबाट क्यूआर कोडमार्फत थप सेवाको समेत आरम्भ गरेको छ ।

कुल सदस्य ३ हजारको हाराहारी रहेको संस्थाको कुल चुक्ता पूँजी १४ करोड ५५ लाख ६९ हजार ७ सय रुपैयाँ रहेको र जगेडा लगायतका अन्य कोषहरुमा गरी १६ करोड ८८ लाख ९४ हजार ७ सय ६३ रुपैयाँ रहेको छ । संस्थाको कुल कारोबार २ अर्ब ५१ करोड ५४ लाख ३७ हजार ९ सय ८८ रुपैयाँ रहेको छ ।

प्रकाशित : २५ बैशाख २०७८, शनिबार १८:१७