यी हुँन घटेको बजारमा सर्वाधिक कमाउने दश कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

यी हुँन घटेको बजारमा सर्वाधिक कमाउने दश कम्पनी



काठमाडाैँ । शेयर बजार नेप्से परिसूचक १८ दशमलव ५६ अंकले घटेर २,६१८ दशमलव ५६ अंकको विन्दुमा कायम भएको छ । आज सबै उपसूचक रात्तामे भएका छन् । आज ६ अर्ब १४ करोड ८९ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

आज सबैभन्दा धेरै समता लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रुरु हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरलले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ दशमलव ६४ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ३ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् ।

क्रमशः कुमारी बैंक, हिमालयन डिस्टिलरी लिमिटेड, हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एन डेभलपमेन्ट कम्पनी, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक अफ काठमान्डू, ग्रामिण विकास लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अप्पर तामाकोशी हाइड्रोपावर र नबिल बैंकले सर्वाधिक कारोबार गरेको छ ।

प्रकाशित : २६ बैशाख २०७८, आईतवार १७:४९