प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा स्थगित



काठमाडाैँ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको उन्नाइसौं वार्षिक साधारण सभा स्थगित भएको छ ।

कम्पनीले जेठ २ गते बिहान ११ बजे होटल इच्छा सिमरा बारामा गर्ने तयारी गरेको साधारण सभा अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरेको हो । कोभिडका कारण कम्पनीले साधारण सभा स्थगित गरेको जानकारी दिएको छ ।

यस वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र शून्य दशलमव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव सहित सभा बोलाएको थियो ।

८ प्रतिशत बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीमा कम्पनीको संस्थापक शेयरधनीको समूहमा ६० प्रतिशत को शेयर स्वामित्व र सर्वसाधारणको ४० प्रतिशत रहेकोमा संस्थापक शेयर स्वमत्वि ५१ प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत बढाइ ४९ प्रतिशत मा परिणत गर्ने तयारी कम्पनीको छ ।

प्रकाशित : २७ बैशाख २०७८, सोमबार ०९:३८