एसईई र कक्षा १२ को परीक्षा स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एसईई र कक्षा १२ को परीक्षा स्थगित



यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। देशमा कोरोनाको दोस्रो लहर फैलिएको र विभिन्न देशमा जारी निषेधाज्ञाको कारण परीक्षा स्थगित गरीएको हो ।

एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो।

प्रकाशित : २७ बैशाख २०७८, सोमबार १४:००