सेयर बजारमा चमक, सात कम्पनीका लगानीकर्ता मालामाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

सेयर बजारमा चमक, सात कम्पनीका लगानीकर्ता मालामाल



काठमाडाैँ । सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से २७.४७ अंकले बढेर दुई हजार छ सय ७३ दशमलब ३२ विन्दुमा पुगेको छ भने ५ अर्ब ८१ करोड ६ लाख बराबरको कारोबार भएको छ ।

सूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लोे दिनको तुलनामा कारोबार रकम झन्डै डेढ अर्बले बढेर पौने ६ अर्ब बढीको कारोबार भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से २७.४७ अंकले बढेर २६७३.३१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ बराबरको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सेयर किनबेच भएका छन् ।

सोमबार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २६७.१८ अंकले बढेको छ ।

कारोबारमा आएका २२० कम्पनीमध्ये १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । ३४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ७६ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपी पावर २० करोड र शिवम् सिमेन्ट १६ करोड रुपैयाँको कारोबार सहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने रुरु जलविद्युत्, युनाइटेड मोदी हाइडोपावर र गुह्वेश्वरी मर्चेन्टका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

यसैगरी, आज समता घरेलु लघुवित्त ९.०५ प्रतिशत, एनआरएन इन्फ्रस्टक्चर ८.६३ प्रतिशत, नारायणी विकास बैंकको सेयर मूल्य ८.५९ प्रतिशतले बढेको छ ।

बढ्दो बजारमा आज पनि विशाल बजार कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् ।

प्रकाशित : २८ बैशाख २०७८, मंगलवार १५:२६