आफ्नो नेतृत्वमा सरकार बनाउने काँग्रेसको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आफ्नो नेतृत्वमा सरकार बनाउने काँग्रेसको निर्णय



काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा सरकार बनाउने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

‘माओवादी केन्द्र र कांग्रेस एक ठाउँमा छन् । जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भन्ने हामी चाहन्छौं,’ बैठकपछि पत्रकारहरुसित महतले भने , ‘माधवजीहरुको पनि सहयोग जुटाउने कोसिस रहन्छ ।’

जसपाको महन्थ ठाकुर समूह भने केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारकै निरन्तरताको पक्षमा छ ।

प्रकाशित : २८ बैशाख २०७८, मंगलवार १८:१८