बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द, बैक तथा वित्तीय संस्था र सहकारीलाई के छ सुविधा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द, बैक तथा वित्तीय संस्था र सहकारीलाई के छ सुविधा ?



काठमाडौं । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थपेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको बैठकले उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। यो संगै बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने भएका छन् ।

मंगलबार काठमाडौं ललितपुर र भक्तपुर जिल्ला प्रमुख अधिकारीहरुले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेसँगै हाल न्युनतम कर्मचारीमार्फत शाखा सञ्चालन गरिरहेका उक्त कम्पनीहरू आगामी जेठ १३ गतेसम्म बन्द हुने भएका छन् ।

बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने निर्णय भएको हो ।

यस्तै, बैंक वित्तीय संस्थाहरु भने न्युनतम कर्मचारी र शाखाहरु सञ्चालन गरी काम गर्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाको हकमा काठमाडौं उपत्यकाको हकमा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुल्ला गर्ने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाउने र सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिने भनिएको छ

बैंक तथा वित्तीय संस्थाका सवारी साधन संचालनको हकमा सिमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिन भनेको छ ।

काठमाडौं उपत्यकामा वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा बुधबार सकिने भएपछि दुई साता थपिएको हो।

सरकारले ठूला सहरमा ५०० बढी संक्रमित भए र पहाडी जिल्लामा २०० बढी संक्रमित भएपछि स्थानीय प्रशासनले नै निषेधाज्ञाको निर्णय गर्नसक्ने अधिकार दिएको छ।

सहकारीबारे बोल्दैनन

पछिल्लो समय सहकारी क्षेत्रकाबारेमा भने उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले भने खासै निर्णय नै गरेको छैन । सहकारी अभियानको कम्जोर लबिङ्ग र सरकारी वेवास्ताका कारण अहिले धमाधम सहकारीहरुले सदस्यहरुलाई सेवा दिन सम्पर्क व्यक्ती तोकेर कारोबार गर्ने गरेका छन् ।

प्रकाशित : २८ बैशाख २०७८, मंगलवार १८:३०