बैङ्क तथा वित्तीय संस्थाहरूमा निक्षेप १३.७ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

बैङ्क तथा वित्तीय संस्थाहरूमा निक्षेप १३.७ प्रतिशतले बढ्यो



काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको आर्थिक तथा वित्तीय तथ्याङ्कमा  निक्षेप  बढेको देखिएको हो । 


समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २३.० प्रतिशतले बढेको छ । 

२०७७ चैतमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.५ प्रतिशत, ३५.१ प्रतिशत र ४८.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३२.२ प्रतिशत र ४९.३ प्रतिशत रहेको थियो । 


२०७७ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१.७ प्रतिशत रहेको छ । २०७६ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४४.४ प्रतिशत रहेको थियो ।

प्रकाशित : २९ बैशाख २०७८, बुधबार १८:२०