सरकारले कोरोना संक्रमित बिरामीले प्रयोग गर्ने औषधि रेम्डिसिभिरको मूल्य तोक्यो



काठमाडाैँ । सरकारले कोरोना संक्रमित बिरामीले प्रयोग गर्ने औषधि रेम्डिसिभिरको मूल्य तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रति भाइल ४ हजार ९०० रुपैयाँमा रेम्डिसिभिर खरिद गर्न सकिने जानकारी गराएको हो ।

कोभिड–१९ को उपचार गर्ने क्रममा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले लयएको रेम्भिडिसिभिर मात्रै प्रयोग गर्न पनि मन्त्रालयले भनेको छ ।

मन्त्रालयका अनुसार रेम्डिसिभिर लिन जाने व्यक्तिले आफ्नो परिचय पत्रको प्रमाणसहित सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालहरुमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सको प्रिस्क्रिप्सन लिएर जानुपर्ने छ ।

औषधि व्यवस्था विभागका अनुसार आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले वैशाख २१ गते बंगलादेशबाट ३००० भाइल रेम्डिसिभिर आयात गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

इकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच सहकार्य सुरु

काठमाडौं । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)

आर्थिक विकास र आर्थिक पत्रकारिता अनुशिक्षण कार्यक्रम

विराटनगर । मुलुकको आर्थिक एवं औद्योगिक विकासका लागि संचारकर्मी र संचार माध्यमले पु¥याउदै

सहकारीकर्मीहरुलाई कोभिड -१९ विरुद्धको खोप

ललितपुर । बहुउद्देश्यीय सहकारी संघ ललितपुरले सहकारीकर्मीहरुलाई कोभिड -१९ विरुद्धको भेरोशिल लगाउने व्यवस्था

प्रकाशित मिति २०७८ असार १ देखि