पूर्वराजा अस्पतालबाट डिस्चार्ज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

पूर्वराजा अस्पतालबाट डिस्चार्ज



काठमाडाैँ । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई आज डिस्चार्ज भएका छन् । उनि राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन ।

कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा पूर्व महारानी कोमल शाह र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । लगातारको उपचारपछि उहाँको स्वास्थ्यमा निकै राम्रो सुधार भएको थियो ।

कोरोनाका लक्षणहरु हराएपछि उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उनलाई आज डिस्चार्ज गरिएको हो ।

अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ ।

उनलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आइसियूबाट वार्डमा सारिएको थियो । उनको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो । उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ ।

पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनि आमासँग अस्पतालमै छिन् ।

पूर्व राजा, पूर्व रानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए ।

प्रकाशित : २९ बैशाख २०७८, बुधबार २०:३२