सानिमा हाइड्रोले सतप्रतिशत हकप्रद दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा हाइड्रोले सतप्रतिशत हकप्रद दिने



काठमाडाै । सानिमा माई हाइड्रो पावर लिमीटेडले आफ्ना सेयरधनीलाई १ः१ को अनुपात अर्थात सतप्रतिशत हकप्रद दिने भएको छ ।

कम्पनीको बुधबार बसेको बोर्ड बैठकले सत प्रतिशत हकप्रद दिने निर्णय गरेको हो ।  कम्पनीको बोर्ड बैठकबाट भएको निर्णय प्रस्तावको रुपमा आगामी वार्षिक साधारणसभामा पेश हुनेछ । त्यहाँबाट हकप्रद सम्बन्धी यो प्रस्ताव पारित भएपछि कम्पनीको सेयरधनीहरुले सतप्रतिशतको दरले हकप्रद पाउनेछन् ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमासको बित्तीय रिपोर्ट अनुसार सानिमा माई हाइडोपावर लिमीटेड ६ करोड २४ लाख घाटामा छ । यसको चुक्तापूँजी १ अर्ब ५ करोड रहेको छ । सतप्रतिशत हकप्रद निश्कासनपछि कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड पुग्नेछ ।

प्रकाशित : ९ असार २०७३, बिहीबार ०३:०३