सिद्धार्थ बैंकद्वारा कोरोना नियन्त्रणका लागि एक करोड ४ लाख सहयोग



काठमाडाैँ । सिद्धार्थ बैंकले वैशाख २९ गते बुधबारका दिन कोरोना भाइरसको रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको छ ।

बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाखका दरले३४ लाख सहयोग गरेको हो ।

हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसंगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ भने बंैकले ग्राहकहरुको सहजताकालागि घरैमा बसी प्रबिधि मैत्री डिजिटल माध्यमबाटपनि बंैकिङ्ग सेवा उपलब्ध गर्दै आईरहेको छ ।

बैंक आफ्ना ग्राहक महानुभावहरुलाई त्यस्ता डिजिटल बैंकिङ्ग सेवाहरुको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहयोग पु¥याइदिनुहुन आग्रह समेत गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि