नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबिच आज मर्जर सम्बन्धी संझौता हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबिच आज मर्जर सम्बन्धी संझौता हुने



काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबिच मर्जर सम्बन्धी संझौता हुने भएको छ । दुबै बैंकका सञ्चालक समितिले मर्जर सम्बन्धि संझौतालाई परित गरिसकेका छन् । दुबै बैंक विच बराबर हैसियतमा मर्जर हुने भएको हो ।

मर्जर पछि बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक हुने सहमति भैसकेको छ । मर्जर पछि बैंकको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका पृथ्बी पाण्डे हुने छन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका अशोक राणा हुने छन् । नेपाल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे मर्जर पछिको बैंकको डेपुटी सिइओ हुने छन् ।

दुई ठूला बैंकको मर्जर पछि यो बैंक सम्पुर्ण सूचकमा ठूलो हुने छ । पूँजी, जगेडा कोष, निक्षेप, कर्जा लगानी लगायतका सूचकमा बैंक सबैभन्दा अगाडि हुने छ । यस भन्दा अगाडि जनता र ग्लोबल आइएमई बैंक विचमा विग मर्जर भएको थियो ।

प्रकाशित : ३० बैशाख २०७८, बिहीबार १०:३०