वर्ल्डलिंक कम्युनिकेसन्सका संस्थापक तथा निर्देशक जलानको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

वर्ल्डलिंक कम्युनिकेसन्सका संस्थापक तथा निर्देशक जलानको निधन



काठमाडाै । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संस्थापक तथा निर्देशक विजय जलानको कोभिड-१९ बाट निधन भएको छ ।

४६ वर्षिय जलानलाई कोभिड १९ बाट संक्रमण भएसँगै बिगत दुई सातादेखि ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालमा उपचारत थिए ।

उनको आज बिहान करिब ८ बजे निधन भएको हो ।

महोत्तरी जिल्लाको जलेश्वरमा जन्मिएका स्वर्गिय जलानको श्रीमती र एक छोरा छन् ।

उनी वर्ल्डलिंकका संस्थापक सदस्य थिए । अध्यक्ष दिलिप अग्रवाल, स्वर्गिय जलान र अर्का स‌ंस्थापक सदस्य मनोज अग्रवाल मिलेर तत्कालिन समयमा वर्ल्डलिंकको स्थापना गरेका थिए ।

प्रकाशित : ३० बैशाख २०७८, बिहीबार ११:४२