नेप्से दाेहाेराे अंकले बढ्यो, लगानीकर्तामा उत्साह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेप्से दाेहाेराे अंकले बढ्यो, लगानीकर्तामा उत्साह



काठमाडाैँ । बिहीबार सेयर बजारमा हरियाली छाएकाे छ । नेप्से दाेहाेराे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.१३ अंकले बढेर २६८४.०१ मा पुगेकाे छ । नेप्से ०.३८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.१२ अंकले बढेर ४७९.५० मा पुगेको छ ।

कूल २१८ वटा कम्पनीकाे २ कराेड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २ सय ८० रूपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ । त्यसैगरी, बिहीबार २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावरकाे र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

यसका साथै, रूरू जलविद्युत परियाेजना लिमिटेड, सप्तकाेशी डेभलपमेन्ट बैंक, विशाल बजार कम्पनी, प्रोगेशिभ फाइनान्स, जाेशी हाइड्राेपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, बेष्ट फाइनान्स कम्पनी , खानीखोला हाइड्रोपावर र युनियन हाइड्राेपावरकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएकाे छ

प्रकाशित : ३० बैशाख २०७८, बिहीबार १५:३१