बैङ्कले अब ५० हजार भन्दा कम निक्षेप स्वीकार नगर्ने, यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

बैङ्कले अब ५० हजार भन्दा कम निक्षेप स्वीकार नगर्ने, यस्तो छ कारण



काठमाडाैँ । बैङ्कहरूले निषेधाज्ञा भर ५० हजार भन्दा कम निक्षेप स्वीकार नगर्ने निर्णयमा पुगेका छन् । कोभिड सङ्क्रमणको दोस्रो लहर तीव्र बनेसँगै बैङ्कहरूले आफ्नो सेवालाई सीमित गर्ने निर्णय गरेका हुन ।

निषेधाज्ञामा  पनि बैङ्कको शाखामा भिडभाड भएपछि राष्ट्र बैङ्कको अनुमतिमा बैङ्ककर्स सङ्घले सीमित सेवाहरू मात्र दिने निर्णय गरेको हो। संघले डिजिटल बैंकिङ सेवा लिन आह्वान गरेको छ। कोरोना संक्रमणसँगै मृत्युदर उच्च भएर हस्पिटल र बेड उपलब्ध हुने छाडेपछी संघले सुरक्षाका लागि यस्तो निर्णय गरेको हो।


बिहीबार एक सूचना प्रकाशित गर्दै बैङ्ककर्स सङ्घले खाताबाट पैसा झिक्ने सेवा दिने निर्णय गरेको जनाएको हो। यसबाहेक ५० हजारभन्दा माथिको निक्षेप मात्र जम्मा गर्ने सुविधा दिएको छ।


बैङ्कले ग्राहकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखाहरूमा भिडभाड  नगर्न र जोखिम कम नगर्नका लागि निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखामार्फत खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने (रु. ५० हजारभन्दा माथि मात्रै), रकम स्थान्तरण गर्ने (चेक, आइपीएस र आरटीजीएस आदि), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारको सेवा मात्र प्रवाह हुने भएको छ ।

यीबाहेक अन्य सेवा तत्कालका लागि शाखाबाट नपाइने सङ्घले प्रस्ट पारेको छ । 

प्रकाशित : ३० बैशाख २०७८, बिहीबार १८:२९