नाडेप लघुवित्तको साधारण सभा स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नाडेप लघुवित्तको साधारण सभा स्थगित



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ७ गते स्थगित गरेको छैटौं वार्षिक साधारण सभा जेठ २३ गतेको लागि तय गरेको छ ।

रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन, काठमाडौंमा भर्चुअल माध्यमबाट विहान ११ बजे सभा बोलाईएको हो ।

सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिका वर्षको लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्गो लगाउँनेछ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ती गर्न लागेको यस कम्पनीको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेको छ ।

यस आधारमा साधारण सभाको लागि बुक क्लोजको मिति पनि कम्पनीले सोही बमोजिम हुने जानकारी दिएको छ ।

पुस १६ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार ११:०८