कोरोना विरुद्धको खोप लगाउन इच्छुकलाई आवेदन फारम भर्न सरकारको अनुरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

कोरोना विरुद्धको खोप लगाउन इच्छुकलाई आवेदन फारम भर्न सरकारको अनुरोध



काठमाडौ। कोरोना विरुद्धको खोप लगाउन इच्छुकलाई सरकारले आवेदन फारम भर्न आव्हान गरेको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना प्रकाशित गरी यस्तो आव्हान गरेको हो।

कोभिड-१९ विरुद्धको खोप लगाउन चाहने १८ वर्ष र सो भन्दा बढी उमेरका व्यक्तिहरूले आफैले प्रि- रजिस्ट्रेसन फाराम भर्ने सम्बन्धी शीर्षकमा प्रकाशित सो सूचनामा लेखिएको छ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सूचना व्यवस्थापन इकाईको निर्णय अनुसार कोभिड-१९ विरुद्धको खोप लगाउन चाहने १८ वर्ष र सो भन्दा बढी उमेरका व्यक्तिहरूले आफैले प्रि-रजिस्ट्रेशन फाराम भर्न तथा भराउनका लागि साइट र एप तयार गरिएको छ ।

यो स्वैच्छिक फाराम भरेका १८ वर्ष र सो भन्दा बढी उमेरका व्यक्तिहरूले प्राथमिकता र खोपको उपलब्धताको आधारमा खोप लगाउन पाउने छन् ।

मन्त्रालयले यो स्वैच्छिक व्यक्तिगत आवेदन फाराम भएको र यो फाराम हालसम्म खोप नलगाएको १८ वर्ष र सो भन्दा बढी उमेरका व्यक्तिहरूले भर्न सक्ने जनाएको छ । यो आवेदन फारामबाट प्राप्त भएका विवरण पालिका स्तरमा खोप सँग सम्बन्धित योजना तथा व्यवस्थापन गर्नका लागि सहज हुने मन्त्रालयको भनाई छ ।

तर,यो फाराम भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने नहुने बताउँदै मन्त्रालयले खोप लगाउन इच्छा व्यक्त गर्न व्यक्तिगत विवरण भर्नको लागि भन्दै www.vaccine.mohp.gov.np लिङ्कमा क्लिक गर्न भनेको छ ।

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार ११:५०