सिईडिबि हाइड्रोपावरको आइपीओ बाँडफाँड, २ लाख ३४ हजार १९५ जनाले शेयर पाए, यसरी हेर्नुस नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

सिईडिबि हाइड्रोपावरको आइपीओ बाँडफाँड, २ लाख ३४ हजार १९५ जनाले शेयर पाए, यसरी हेर्नुस नतिजा



काठमाडाै । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको प्राथमिक शेयर (आइपिओ) शुक्रवार बाँडफाँड भएको छ ।

आवेदन दिएका आवेदनकर्तामध्येबाट २ लाख ३४ हजार १९५ जना आवेदकले गोलाप्रथा बाट १० कित्ताका दरले शेयर पाएका छन् । यस्तै थप ४ जनाले ११-११ कित्ता सेयर पाएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी गराएको छ ।

आइपीओमा १६ लाख ८५ हजार ६२७ जनाले आवेदन दिएकोमा ४ हजार ४४२ जना आवेदकको आवेदन अयोग्य ठहरिएको थियो ।

कम्पनीले २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

आइपीको नजिता बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर सीडीएससीको आइपीओ नतिजा हेर्ने वेबसाइटबाट हेर्न सकिन्छ ।

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार १२:००