आपतकालिन बाहेका सबै कर्जा स्थगन गर्न सहकारीलाई संघको अपिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

आपतकालिन बाहेका सबै कर्जा स्थगन गर्न सहकारीलाई संघको अपिल



झापा । झापा जिल्लामा संचालित सहकारी संघ/संस्थाहरुलाई झापा जिल्ला सहकारी संघ लिमिटेडले फिल्डका सम्पुर्णकार्यहरु स्थगन गर्न अपिल गरेको छ ।

संघले बचत भुक्तानीको सिमा र समय निर्धारण गरि सकेसम्म अभाैतिक विधिमार्फत सम्पर्क व्यक्ती तोकेर सेवा प्रवाह गर्न अनुरोध गरेको छ ।

यस्तै संघले आपतकालिन बाहेका सबै कर्जा स्थगन गर्न पनि आग्रह गरेकाे छ । संचालन गर्न गराउनुहुन यो सुचना प्रकाशित गरिएको छ ।

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार १८:४७