प्रतिभा बहुउद्देश्यीय सहकारी जेठ १३ गते सम्मका लागि बन्द, सदस्यलाई यसरी दिने छ सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

प्रतिभा बहुउद्देश्यीय सहकारी जेठ १३ गते सम्मका लागि बन्द, सदस्यलाई यसरी दिने छ सेवा



काठमाडाैँ । प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाले जेठ २ देखि १३ गते सम्मका लागि केन्द्रिय कार्यालय र सेवा केन्द्र बन्द गर्ने भएको छ ।

कोरोना भाइरसको दोश्रो लहर बढ्दै जाँदा सदस्य र संस्थामा कार्यरत कर्मचारी स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै कार्यालय व्यक्ती तोकेर सेवा दिने संस्थाका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए । अति आवश्यक परेका सदस्यले सम्पर्क गरे घरदैलाे सेवा पनि दिने तिमल्सिनाले बताए ।

भीडभाड नगर्नाले र स्वास्थ्य मापदण्डका सुझाव पालना गर्नाले कोरोनालाई धेरै हदसमम नियन्त्रण गर्न सकिन्छ भन्ने विज्ञहरुको सुझाव र सरकारको निर्देशनलाई पालना गरी जेठ १३ गते सम्मका लागि कार्यालय बन्द गरेको सूचनामा अध्यक्ष तिमल्सिनाले जनाएका छन् ।

प्रकाशित : १ जेष्ठ २०७८, शनिबार १५:१४