सात सय पचास तहमा पुगे वाणिज्य बैंकका शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सात सय पचास तहमा पुगे वाणिज्य बैंकका शाखा



काठमाडौं । मुलुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् ।

सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ ।

केन्द्रीय बैंकले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ ।

विसं २०७६ को चैत मसान्तसम्मको विवरणमा भने कूल ७४६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए । विसं २०७७ को चैत मसान्तसम्म भने ७५० स्थानीय तहमा शाखा खुलेका छन् ।

प्रकाशित : १ जेष्ठ २०७८, शनिबार १६:४४