पैसा छ ? एक अर्ब पाँच करोड रुपैयाँ बराबरको आइपिओ आउदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

पैसा छ ? एक अर्ब पाँच करोड रुपैयाँ बराबरको आइपिओ आउदै छ



काठमाडौँ । साहस ऊर्जा कम्पनीले एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता आइपिओ निकाल्ने भएको हो ।

गत चैतमा कम्पनीले आइपिओ निष्कासन को अनुमति माग्दै नेपाल धितो पत्र बोर्डमा निवेदन दिएको थियो । आइपिओ निष्कासन अनुमतिका लागि प्रक्रियामा रहेको कम्पनीले बोर्डबाट अनुमति पाउना साथ आइपिओ निष्कासन गर्ने जनाएको छ ।

उक्त कम्पनीले ८६ मेगावाट क्षमताको सोलु खोला दूधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

उक्त आयोजनाको निर्माण लागत करिब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । यस अनुसार आयोजनाको लागत प्रति मेगावाट साढे १३ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ ।

वार्षिक ५२० गिगावाट आव विद्युत् ऊर्जा उत्पादन गर्ने आयोजनाले सुख्खा याममा १०० गिगावाट र वर्षा याममा ४२० गिगावाट आव ऊर्जा उत्पादन गर्ने छ ।

जसबाट आयोजनाले वर्षा याममा एक अर्ब ९२ करोड र सुख्खा याममा ८४ करोड गरी वार्षिक दुई अर्ब ८६ करोड रुपैयाँको विद्युत् बिक्री गर्ने छ ।


प्रति मेगावाट लागत पनि कम र ऊर्जा उत्पादन पनि आकर्षक रहेको आयोजनाको क्रेडिट रटिङ पनि सकारात्मक रहेको छ । आयोजनाले इक्रा एनपी  बीबीं रटिङ पाएको छ ।

प्रकाशित : १ जेष्ठ २०७८, शनिबार १६:५७