सवारी साधनकाे किस्ता अब खल्तीबाटै, भाग्यशालीले ५ हजार रूपैयाँ जित्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

सवारी साधनकाे किस्ता अब खल्तीबाटै, भाग्यशालीले ५ हजार रूपैयाँ जित्ने



काठमाडाैं । सवारी साधन खरिद गर्ने ग्राहकले अटाेलाेनकाे भुक्तानी पनि डिजिटल हुँदै गर्दा अनलाइनबाटै तिर्न सकिने भएको छ। यसरी खल्तीबाट किस्ता तिर्ने तीन जना भाग्यशाली ग्राहकले जनही ५ हजार रूपैयाँ नगद जित्ने छन्।

ग्राहकले स्याकार कम्पनीबाट हाेण्डा, हुलास इन्भेस्टमेन्टबाट बजाज र एमएडब्ल्यु इन्भेस्टमेन्टबाट यामाहाका सवारी साधन खरिद गरेवापत किस्ता भुक्तानी खल्ती मार्फत गर्दा यस खल्ती इएमआइ बचत अभियानमा सहभागी हुन पाउने छन्।

खल्तीकाे यस्ताे सुविधाले सवारी साधन किन्ने ग्राहकलाइ निकै सहज भएको छ र साथै नगद जित्ने अवसर समेत पनि पाएका छन् ।

यस याेजनामा सहभागी हुन चाहने ग्राहकले माेवाइलमा ग्राहक पहिचान (केवाइसी) भेरिफाइ गरेको हुनुपर्छ।यो याेजना मे २ देखि जुन १, २०२१ सम्म लागू हनेछ ।

खल्तीबाट सवारी साधन ऋणकाे किस्ता तिर्न खल्तीकाे हाेमस्क्रनमा रहेकाे इएमआइमा क्लिक गर्नुपर्छ र त्यहाँ रहेकाे सवारी साधनकाे ऋण प्रदायक कम्पनी छनाैट गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।

ग्राहकले सवारी साधनकाे किस्ता खल्ती वालेटवाट वा खल्ती लिंक गरेकाे बैंक खाताबाट सिधै भुक्तानी गर्न सक्ने छन् ।

प्रकाशित : १ जेष्ठ २०७८, शनिबार १७:२२