एनएमबि बैंकको ऋण पत्रमा आवेदन दिने हो ? यस्तो छ प्रकृया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनएमबि बैंकको ऋण पत्रमा आवेदन दिने हो ? यस्तो छ प्रकृया



काठमाडाैँ । एनएमबि बैंकले जेठ २ गते आइतबारदेखि २ अर्ब बराबरको प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा २० लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको छ ।

बैंकले वार्षिक ८.५० प्रतिशत ब्याजदर प्रदान गर्नेगरी १० वर्षे अवधिको २ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गरेको हो ।

बैंकले बिक्रीमा ल्याएको ‘एनएमबि ऋणपत्र ८.५–२०८७।८८’ नामको कुल २० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो । सार्वजनिक निष्काशनमा आएको ऋणपत्रका लागि मात्र लगानीकर्ताले आवेदन दिन सकिनेछ ।

ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन गर्न सकिने व्यवस्था छ ।

कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुमा न्युन कर्जा जोखिम रहेको हुन्छ ।

उक्त ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित : २ जेष्ठ २०७८, आईतवार १०:२८