अरुण भ्याली हकप्रदमा आवेदन दिने अन्तिम आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

अरुण भ्याली हकप्रदमा आवेदन दिने अन्तिम आज अन्तिम दिन



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ६ गतेबाट आफ्ना लगानीकर्तालाई धमाधम हकप्रद सेयर बिक्री गरिरहेको छ । उक्त हकप्रदमा आवेदन दिने अन्तिम दिन हो । आज बैंकिङ समयपश्चात उक्त हकप्रदमा आवेदन दिन पाइनेछैन ।

कम्पनीले १ बराबर ०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार एक सय ९७ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनका लागि चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, चैत्र ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले वैशाख ६ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएको थियो । यसअघि वैशाख २६ गतेसम्म आवेदन दिन सकिने भनिएकोमा पछि म्याद थप गरि आज (जेठ २ गते) सम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो ।

कम्पनीले कोरोना महामारिका कारण उत्पन्न विषम परिस्थितीलाई मध्यनजर गर्दै म्याद थपेको थियो । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २ जेष्ठ २०७८, आईतवार १०:३६