नागरिक लगानी कोषको शेयर सस्तोमा किन्ने हो ? यस्तो छ माैका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नागरिक लगानी कोषको शेयर सस्तोमा किन्ने हो ? यस्तो छ माैका



काठमाडाैँ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर आइतबारदेखि लिलामीमा विक्री खुला गरेको छ ।

लगानीकर्ताले कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य रू १ हजार ३६६ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

उक्त शेयर खरीद गर्न प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताले कम्पनीले जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विहिबार नागरिक लगानी कोषको बजार मूल्य ३९०३ रुपैयाँ रहेको थियो ।

प्रकाशित : २ जेष्ठ २०७८, आईतवार १०:४४