सिडिओले दिए सहकारी बन्द गर्न निर्देशन, चितवन र मकवानपुरमा निषेधाज्ञा भर यी कार्य गर्न बन्देज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सिडिओले दिए सहकारी बन्द गर्न निर्देशन, चितवन र मकवानपुरमा निषेधाज्ञा भर यी कार्य गर्न बन्देज



काठमाडाैँ । चितवन र मकवानपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)ले सहकारी बन्द गर्न निर्देशन दिएका छन् । दुवै जना सिडिओले छुट्टा छुट्टै मितिमा सर्वजनिक सूचना जारी गरि बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी र मनि ट्रास्फर समेत बन्द गर्न निर्देशन दिएका हुँन ।

बैशाख ३० गते मकवानपुरका प्रमुख जिल्ला अधिकारी(सिडिओ)ले भरतमणी पाण्डेले जारी गरेको सूचनाको ७ नम्बरमा बैंकहरु हप्तामा दुई दिन मंगलबार र शुक्रबार बिहान ९ बजेदेखि १ बजेसम्म सञ्चालन गर्नु पर्ने र अन्य सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनी तथा सहकारीहरु परुर्ण रुपले बन्द गर्न उल्लेख गरिएको छ ।

चितवनकाप्रमुख जिल्ला अधिकारी(सिडिओ)ले प्रेमलाल लामिछानेले बैशाख ३१ गते जारी गरेको निर्देशनको ४ नम्बर बुँदमा आइतबार, मंगलबार र बिहिबार बाणिज्य बैंकहरु १० देखि १ बजेसम्म खोल्न पाइने उल्लेख गरिएको छ । अन्य वित्तिय संस्था, बीमा कम्पनी, मनि ट्रान्सफर, तथा सहकारीहरु सञ्चालन गर्न नपाइने उल्लेख छ ।

प्रकाशित : २ जेष्ठ २०७८, आईतवार ११:१२