बेलायत युरोपियन युनियनबाट बाहिर , विश्व अर्थतन्त्रमा हलचल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बेलायत युरोपियन युनियनबाट बाहिर , विश्व अर्थतन्त्रमा हलचल



United-Kingdom_6_24_2016_1_43_58काठमाडौ । बेलायत युरोपियन युनियनबाट बाहिर निर्णय गर्नासाथ विश्व अर्थतन्त्रमा हलचल पैदा भएको छ ।  बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजिनमा गर्ने घोषणा गरेका छन् । विशेष गरी युरोपेली मुलुकका सेयर बजारमा चर्को गिरावट आएको छ । यसको असर एसिलायी बजारमा पनि देखिएको छ । दक्षिण एसियामा पनि यसको प्रभाव देखिन थालेको छ ।

भारतीय सेयर बजार पनि घट्न थालेका छन् । दिउँसो १ बजेसम्ममा सेन्सेक्स र निफ्टिी दुवैमा साँढे तीन प्रतिशतको गिरावट आइसकेको छ । बेलायत तथा युरोपियन युनियनमा हुने गतिविधिले भारतीय सेयर बजारमा प्रत्यक्ष असर पर्छ

भारतको सेयर बजार विश्व बजारसँग पनि टाइअप भएकाले पनि पश्चिमा मुलुकमा हुने आर्थिक तथा राजनीतिक परिवर्तनको त्यहाँ असर देखिन थालिहाल्छ । बिहीबार भएको भोटिङमा बेलायत युरोपियन युनियनबाट बाहिरिने पक्षमा स्पष्ट बहुमत आएको हो । बेलायत युरोपियन युनियनभित्रको शक्तिशाली मुलुक हो । युनियनका सदस्य राष्ट्रभित्र एकल मुद्रासमेत चलनचल्तीमा थियो । विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा पनि शक्तिशाली राष्ट्रहरूको संगठन भएकाले युरोपियन युनियनका उपस्थिति प्रभावकारी हुने गरेको थियो ।

बेलायत बाहिरिएपछि अरू मुलुकले पनि युनियन छाड्छन् कि भन्ने त्रास सुरू भएको छ । युरोपियन युनियनमा यसअघि बेलायतसहित फ्रान्स, जर्मनी, इटलीजस्ता शक्तिशाली मुलुक पनि सदस्य छन् ।

बेलायत इयुबाट बाहिर निस्किने घोषाण हुनासाथ विश्व बजारमा सुनको भाउ महँगिन थालेको छ । अमेरिकी डलर थप बलियो हुने स्पष्ट संकेत देखिएको छ । तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भारी गिरावट आएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।

विशेषगरी युरोपेली र कपितय एसियाली मुलुकमा सेयर भाउमा भारी गिरावट आउन थालेको छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार युरोपेली सेयर बजार राताम्य भएका छन् ।

जर्मनको सेयर बजार ड्याक्समा १० प्रतिशतको गिरावट आएको छ भने बेलायत तथा फ्रान्सेली सेयर बजारमा सात प्रतिशतभन्दा बढी सेयर बजार तल ओर्लिएको छ ।

भारतीय सेयर बजारमा पनि गिरावट जारी छ । नेपालको सेयर विश्व बजारसँग सम्बन्धित नभएकाले यहाँ मनोवैज्ञानिकबाहेक अन्य असर पर्दैन ।

प्रकाशित : १० असार २०७३, शुक्रबार १४:२६