आइएमर्इ अटोमोटिभ्स आठौं वर्षमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइएमर्इ अटोमोटिभ्स आठौं वर्षमा



काठमाडौं । आइएमई ग्रुपअन्तर्गतको आइएमई अटोमोटिभ्स् (आइएमईए)ले विविध कार्यक्रमसहित ८औं वार्षिकोत्सव मनाएको छ । आइएमर्इए अशोक लेल्याण्डको नेपालको आधिकारिक बिक्रेता हो ।

कम्पनी अशोक लेल्याण्डको नेपालको आधिकारिक बिक्रेता बनेपछि अशोक लेल्याण्डका गाडीको बिक्री उत्साहजनक भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले बताए । आइएमर्इए आएपछि साझाले अशोक लेल्याण्डका ३० वटा गाडी किन्ने सम्झौंता गरिसकेको छ । उनले आठ बर्षको अवधिमा नेपालको अटोमोबाइल क्षेत्रमा आइएमर्इले सफलता प्राप्त गरेको बताउँदै सफलताको श्रेय कर्मचारीको लगनशिलता भएको बताए ।

 

 

सन् २००९ मा स्थापना भएको आइएमईए एस्कर्ट्स् ग्रुप (भारत) अन्तर्गतको एस्कर्ट्स् ब्राण्डको कन्स्ट्रक्सन इक्विपमेन्टको आधिकारिक वितरक र  नेपालकालागि अमेरिकी बाइक कम्पनी यूएम इन्टरनेशनल एलएलसीको आधिकारिक वितरक हो ।

एस्कर्टस ब्राण्डका कन्स्ट्रक्सन इक्विपमेन्टलार्इ यहाँका निर्माण व्यवसायीले रुचाएका छन् । भूकम्पपछिको पुर्ननिर्माणका लागि यो ब्राण्डको इक्विपमेन्टको बिक्री राम्रो भएको कम्पनीको दाबी छ । युवापुस्तालार्इ लक्षित गरेर निर्माण भएको यूइम वाइकको समेत विस्तारै लोकप्रियता बढिरहेको कम्पनीको दाबी छ ।

प्रकाशित : १० असार २०७३, शुक्रबार १४:३६