प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै



काठमाडाै । प्रभु बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ भने २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी १६ लाख ७७ हजार ५०० इकाईमा सर्वसाधारणलाई बिक्री गर्नेछ ।

उक्त इकाईहरु जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । बैंकले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ८.५ प्रतिशत हुनेछ ।

लगानीकर्ताले उक्त ऋणपत्रमा जेठ ११ गतेदेखि छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

उक्त ऋणपत्रको बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ । प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा मध्यम कर्जा जोखिम रहन्छ ।

उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार ०९:०८