मेगा क्यापिटललाई १ अर्ब बराबरको इकाई विक्री अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा क्यापिटललाई १ अर्ब बराबरको इकाई विक्री अनुमती



काठमाडौं । नेपाल धितोपत्र बोर्डले मेगा म्युचुअल फण्ड सञ्चालनका लागि १ अर्ब बराबरको १० करोड इकाई विक्री गर्न अनुमति दिएको छ ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडको व्यवस्थापनमा मेगा म्युचुअल फण्ड–१ सञ्चालनका लागि बोर्डले उक्त इकाई विक्रीको अनुमति प्रदान गरेको हो ।

बन्दमुखी यो सामुहिक योजनाको इकाई विक्रीका लागि बोर्डले वैशाख १२ गते अनुमति दिएको हो । यो इकाई विक्री प्रबन्धकको काम पनि मेगा क्यापिटल मार्केट्स लिमिटेडले नै गर्नेछ ।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार ०९:१६