इटहरी उपमहानगरपालिका वडा नं ५ शील, बैङ्क तथा वित्तीय संस्था बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इटहरी उपमहानगरपालिका वडा नं ५ शील, बैङ्क तथा वित्तीय संस्था बन्द



इटहरी उपमहानगरपालिका वडा नं ५ शील गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको सङ्क्रमण तीव्र रूपमा विस्तार हुँदै गएको भन्दै इटहरी ५ नम्बर वडालाई शील गरिएको हो । वडामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुँनेको संख्या बढेको भन्दै जेठ ८ गतेसम्म वडा शील गरिएको वडा ५ को कार्यालयले जानकारी दिएको छ ।

साथै इटहरी उपमहानगरपालिकाले जेठ ३ गते देखि ७ गते सम्म सम्पूर्ण बैङ्क तथा वित्तीय संस्था समेत बन्द गर्ने भएको छ । सङ्क्रमणको जोखिम बढेको भन्दै उपमहानगर र बैङ्कका प्रतिनिधि बिचको छलफलले बैङ्क तथा बितिए संस्था समेत बन्द गर्ने निर्णय गरेकाे हो ।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार १०:४२