गोजीको पैसा छुट्याएर हिमालयन बृद्धाश्रमलाई सहयाेग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गोजीको पैसा छुट्याएर हिमालयन बृद्धाश्रमलाई सहयाेग



nnnकाठमाडाै । असहाय तथा जरुरत मानवीय सहायता (एचडिएनपी) नेपालले बालाजुस्थित हिमालयन बृद्धाश्रममा एक महिनाका लागि पुग्ने खाद्यान्न सहयोग गरेको छ ।
सभासद्द्वय विशाल भट्टराई, रामवीर मानन्धरलगायतको टोलीले शनिबार उक्त बृद्धाश्रममा गएर त्यहाँका बृद्धबृद्धालाई उक्त संस्था (एचडिएनपी)ले उपलब्ध गराएको खाद्यान्न वितरण ग¥यो । जसमा तीन बोरा चामल, दाल, चिनीलगायत अत्यावश्यक खाद्यान्न समावेश रहेको थियो । सो अवसरमा त्सस क्षेत्र (काठमाडौँ–४)का लागि प्रतिनिधित्व गर्ने सभासद् मानन्धरले बृद्धाश्रममा पानीको अभाव देखिएकोमा चिन्ता व्यक्त गर्दै तीनदिनभित्र उक्त समस्या हल गर्ने आश्वासन दिए ।
अमेरिकामा मुख्यालय रहेको उक्त संस्थाका अध्यक्ष देवी ‘डेभिड’ आचार्यले गोजीको पैसाबाट छुट्याएर जम्मा गरेको रकमबाट छुट्याएर खाद्यान्न किनेर सहयोग गरेको कोषाध्यक्ष सुरेन्द्र खतिवडाले जानकारी दिए । पाँचथरको यासोक मुल घर भएका आचार्यले करिब दुई दशकदेखि अमेरिकामा बसेर उक्त संस्थामार्फत यहाँका नेपालीलाई सहयोग गरिरहेको बताइएको छ ।
करिब तीन वर्षअघि खुलेको संस्थाले आफ्नो स्थापना कालदेखि नै महिनामा एक चोटी देशका विभिन्न ठाउँका बृद्ध–बृद्धा, अपाङ्ग, असहाय आदिलाई यस्तो सहयोग गर्दै आइरहेको संस्थामा आवद्ध युवा गङ्गा रिजालले बताए ।

प्रकाशित : १२ असार २०७३, आईतवार ०७:०८