राधी विद्युत कम्पनीको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राधी विद्युत कम्पनीको लाभांश घोषणा



काठमाडाैं । राधी विद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १ सय २२ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ४७ करोड ३५ लाख ५६ हजार ५ सय रहेको छ ।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार १५:०१