नेप्से २०.७१ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेप्से २०.७१ अंकले बढ्यो



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज दोहोरो अंकले बढेको छ । आइतबार पनि नेप्से ५४.२६ अंकले बढेर दुई हजार सात सय ३८ दशमलब ३५ विन्दुमा पुगेको थियो ।
आइतबार सेयर बजार ५४.२१ अंकले बढेर २७३८.२९ मा बन्द भएकाे थियाे । नेप्सेले आज साेही विन्दुलाई ताेडी नयाँ रेकर्ड बनाएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ मा पुगेकाे छ । नेप्से ०.७६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.४५ अंकले बढेर ४९२.५८ मा पुगेको छ ।

कूल २१८ वटा कम्पनीकाे एक कराेड ९० लाख ५६ हजार २ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार एक सय ३९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार साेमबार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

त्यसैगरी, साेमबार रूरू जलविद्युत, समता घरेलु लघुवित्त लगायतका शेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा नेपाल बङ्गलादेश बैंक डिबेञ्चर २०८५, एनआईसी एशिया बैंक डिबेञ्चर लगायतका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् । साेमबार काराेबार रकमकाे आधारमा पनि नेपाल पूनर्बीमा कम्पनी लिमिटेड अग्र स्थानमा छ ।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार १५:२५