उपत्यकालगायतका २० जिल्लामा निषेधाज्ञा थप कडा पर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

उपत्यकालगायतका २० जिल्लामा निषेधाज्ञा थप कडा पर्ने तयारी



काठमाडाैँ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी निषेधाज्ञालाई उल्लङ्घन गर्ने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा निषेधाज्ञाको समयमा पनि सर्वसाधारणको हिँडडुलमा ५९ प्रतिशत मात्र कमी आएको जनाएको छ । मन्त्रालयले निषेधाज्ञामा आफ्नो भूमिका बढाउन सङ्क्रमण बढी भएका जिल्लाहरूलाई आग्रह गरेको छ ।

काठमाडौँ, रुपन्देही, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभ्रेपलान्चोक, सुनसरी, पर्सा, बर्दिया, पाल्पा लगायतका जिल्लामा सङ्क्रमण बढे पनि निषेधाज्ञाको सही पालना नभएको बताएको छ ।

सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन पनि मन्त्रालयले सबै पक्षलाई आग्रह गरेको छ ।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार १९:४२