कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारलाई निःशुल्क उपचार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारलाई निःशुल्क उपचार



काठमाडौ । कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारका लागि लायन्स क्लब अफ काठमाडौँ समर्पणले रविभवनमा ‘जे एण्ड जे कोभिड केयर सेन्टर’ स्थापना गरेर निःशुल्क उपचार थालेको छ ।

क्लबका पूर्व अध्यक्ष सञ्जय सिङ्घानीया, नेपाल सशस्त्र प्रहरी अस्पतालका डाक्टर रोशनकुमार झासहितको टोलीले सो सेवा प्रदान गरेका हुन् । सेन्टरले कोभिड विरामीको रगत परीक्षणको आधारमा बिरामीको अवस्था हेरेर औषधि दिने वा अस्पतालमा भर्ना गर्ने काम गर्दै आएको छ ।

अस्पताल भर्ना हुनुपर्ने बिरामीका लागि नेपाल–भारत मैत्री अस्पताल चावहिलमा अक्सिजनसहित १५ शय्याको आइसोलेसन सेन्टर रहेको क्लबका सदस्य विवेक शर्माले जानकारी दिए । त्यहाँ चिकित्सकसहितको सुविधा उपलब्ध छ ।

सेन्टरमा दैनिक ५० देखि ८० कोरोना सङ्क्रमित बिरामीले सेवा लिइरहेका छन् । क्लबले गतवर्ष कोरोनाको समयमा अक्सिजन बैँक स्थापना बिरामीलाई निःशुल्क वितरण गरेको थियो ।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार २१:३१