प्रभु बैंकले किन संशोधन गर्यो ऋणपत्रको संख्या ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्रभु बैंकले किन संशोधन गर्यो ऋणपत्रको संख्या ?



काठमाडौं । प्रभु बैंकले जेठ ११ गतेदेखि सार्वजनिक निष्कासन गर्न लागेको ऋणपत्रको संख्यालाई संशोधन गरेको छ । बैंकले सोमवार सार्वजनिक सुचनामा सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको ऋणपत्रको संख्या १५ लाख ९७ हजार ५०० कित्ता हुनुपर्नेमा अन्यथा भएको भन्दै सच्याएको हो ।

बैंकले १० वर्षे अवधिको ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको कुल ४० लाख कित्ता ऋणपत्र बैंकले विक्री गर्न लागेको हो । कुल कित्तामध्य १६ लाख सामूहिक लगानीकोषका लागि ५ प्रतिशत सहित सर्वसाधारणमा विक्री गर्न लागेको हो भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई विक्री गर्न लागेको हो ।


प्रभु बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ १६ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २६ गतेसम्म ऋणपत्र विक्रीमा रहने बैंकले जानकारी दिएको छ । प्रति ऋणपत्र रू. १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेगा शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलवार ०९:०२