सुनको मूल्य उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनको मूल्य उकालो लाग्यो



काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । सोमबार पनि सुनको मूल्य तोलामा तीन सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १३९० पुगेको महासंघले जनाएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलवार ११:१९