सेयर बजारमा नयाँ रेकर्ड, लगानीकर्तामा उत्साह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेयर बजारमा नयाँ रेकर्ड, लगानीकर्तामा उत्साह



काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एकै दिन दुई नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन आज (मंगलबार) नेप्सेमा हालसम्मकै सर्वाधिक कारोबार र उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव ५९ अंकले बढेसँगै सेयर कारोबार मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँ माथि पुगेको छ, जुन हालसम्मकै उच्च हो । मंगबालर १ करोड १५ लाख ९ सय ६१ कारोबार हुँदा २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएका छन् ।

सेयर बजारले लिएको एतिहासिक उचाइमा लगानीकर्ताहरु भने उत्साहीत देखिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले सेयर बजारमा हालसम्मकै उच्च कारोबार हुनु सबैका लागि खुसीको कुरा भएको समाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् ।

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलवार १५:१४