अक्सिजन प्लाण्ट स्थापनाका लागि ३ प्रतिशत ब्याजमा ऋण लिने पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

अक्सिजन प्लाण्ट स्थापनाका लागि ३ प्रतिशत ब्याजमा ऋण लिने पाउने



काठमाडाैं । लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापनाका ३ प्रतिशत ब्याजमा ऋण लिने पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापनाका लागि आधार दरमा नै ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ। चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकले हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्टको लागि ५० करोडसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।

कोभिड १९ को दोस्रो लहरमा नेपालमा अक्सिजन सिलिन्डर तथा अक्सिजनको अभाव भएको यथार्थलाई मध्यनजर गर्दै राष्ट्र बैंकले यसको उपचारमा प्रयोग हुने सामग्रीको खरिदको लागि चाहिने ऋण आधार दरमा नै दिने व्यवस्था गरेको हो।

बिशेषकर्जा अन्तर्गत बैंकहरुले राष्ट्र बैंकबाट १ प्रतिशत ब्याजदरमा पैसा पाउँछन् भने बैंकहरुले बिशेष कर्जा लिने ग्राहकबाट बढीमा ३ प्रतिशत ब्याज लिन पाउँछन्।

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलवार १६:२५