निषेधाज्ञा भर लिलामी सम्बन्धि सूचना निकाल्न बन्देज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

निषेधाज्ञा भर लिलामी सम्बन्धि सूचना निकाल्न बन्देज



काठमाडाैँ । बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा भर असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने भएका छन् । नेपाल राष्टबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामार्फत यस्तो व्यवस्था गरेको हो ।

कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने व्यवस्था मिलाइने छ ।

प्रकाशित : ४ जेष्ठ २०७८, मंगलवार १६:३९